निर्मला हत्या प्रकरणका एसपी विष्टसहित ८ प्रहरीलाई सफाई

काठमाडाैं । निर्मला हत्याका प्रकरणमा एसपी विष्टसहित ८ प्रहरीलाई जिल्ला अदालत कंचनपुरले सफाई दिएको छ ।
तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा खेपिरहेका थिए ।
निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।