बन्दुकधारीद्वारा एकैपरिवारका १३ सहित १४ जनाको हत्या

काठमाडौं । बन्दुकधारीको एक समूहले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जनाको हत्या गरेका छन् । उनीहरुले एकैपरिवारका १३ जनासहित १४ जनाको हत्या गरेका हुन् ।

मारिएकाहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको राज्यका प्रहरी प्रमुख एडी आयुबाले जानकारी दिनुभयो । प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु ६ जना गम्भीर घाइते भएको बताउनुभएको छ । आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मी उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारी फरार भएको बताउनुभएको छ । उहाँले घटनाको अनुसन्धानसहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।