बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवन । बसको ठक्करबाट १ प्रहरीको ज्यान गएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडानम्बर ५ भण्डारामा बा३ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियोे । बसको ठक्करपछि गम्भीर घाइते भएका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।