श्रावण २४, २०७७ शनिबार
Logo


मालपोत कार्यालयका कर्मचारीमा कोरोना, कार्यालय सिल

सुखिलाल चौधरी
उदयपुर । जिल्लाको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ३४ वर्षीय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभएको छ ।

यस्तै बिहिबार मात्रै बेलका नगरपालिका–९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएको थियो । होटल संचालक २० वर्षीय पुरुष र कपडा व्यवसायी ३५ वर्षीय महिलामा संक्रमण देखिएको थियो ।

मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ । अर्को सूचना नआएसम्मका लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनसभयो ।

यसअघि भारतबाट आएका नागरिकमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको छ । उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा एकजना, उदयपुरगढी गाउँपालिकामा दुईजना र ताप्ली गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…