पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्याण्डविरुद्ध इंग्ल्यान्डकाे जित

सांकेतिक तस्बिर

काठमाडाैं । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्ड विजयी भएको छ । साउथ ह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको छ ।

आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले अविजित ३६ रन बनाए । यस्तै जेम्स भिन्सले २५ तथा जासन रोयले २४ रन बनाए ।

आयरल्याण्डका क्रेग योङले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो । आयरल्याण्डका लागि कुर्टिस काम्फरले अविजित ५९ रन जोड्दा एन्डी मार्कब्रिनेले ४० रन बनाए । ग्यारेथ डेन्ली र केभिन ओ’ब्रायनले समान २२र२२ रन जोडे ।

इंग्ल्यान्डका डेभिड विलीले पाँच विकेट लिए । सकिब ममुदको नाममा २ विकेट रह्यो । जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल अगस्ट १ मा हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।