काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७ सय ६८ जनामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार दुई सय २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
हाल देशभर पाँच हजार तीन सय १६ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै प्रदेश नम्बर १ मा दुई सय २२, प्रदेश नम्बर २ मा दुई हजार ३४, बागमती प्रदेशमा पाँच सय ७२ र गण्डकी प्रदेशमा तीन सय २४ जना आइसोलेसनमा उपचाररत छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन सय ८५, कर्णाली प्रदेशमा दुई सय ९६ र सुदूरपश्चिम प्रदेशमा एक हजार चार सय ८३ जना उपचाररत रहेका प्रवक्ता डा.गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा एक सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ३१, प्रदेश नम्बर २ मा तीन हजार एक सय एक, बागमती प्रदेशमा ५ सय २६ र गण्डकी प्रदेशमा एक हजार दुई सय ४४ जना डिस्चार्ज भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा तीन हजार ९ सय ७१, कर्णाली प्रदेशमा एक हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा एक सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस निको भएर घर फर्किएका मानिसको संख्या १४ हजार तीन सय ९९ पुगेको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।
अहिले देशभरका क्वारेन्टिनमा १२ हजार एक सय ११ जना रहेका छन् । प्रदेश नम्बर १ मा एक हजार दुई सय ७७, प्रदेश नम्बर २ मा एक हजार ७ सय ३१, बागमती प्रदेशमा ९ सय १६ र गण्डकी प्रदेशमा तीन हजार एक सय ६५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा एक हजार ६ सय ७४, कर्णाली प्रदेशमा चार सय ९४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ८ सय ५४ जना रहेका छन् । काेराेना भाइरसकाे संक्रमणबाट नेपालमा मृत्यु हुनेकाे संख्या ५६ पुगेकाे छ ।