मेष – सरकारी काममा प्रगति हुनेछ । हिड्डुलमा खर्च भएता पनि रोजगारीमा फाईदा मिल्नेछ । जिम्मेवारी थपिने एवम काममा प्रशंसा आउनेछ । कामको प्रगति देखेर अरुले ईष्र्या गर्नेछन् । साताको मध्यमा धनको लाभ हुने, व्यापारमा बढी फाईदा हुने देखिन्छ । साताको अन्त्यमा भने विसञ्चो हुने एवम मन नलागी खर्च गर्नुपर्नेछ । पारिवारिक तनाव एवम हुन लागेको काममा बाधा आउने देखिन्छ ।
वृष –अधुरा काम सुरु हुन थाल्नेछन् । अरुको काममा समय बढी बित्नाले घरायसी काममा बाधा हुनेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । काममा प्रगति एवम अरुको सहयोग मिल्नेछ । ठुलाबडाबाट आश्वासन पाईने एवम मनमा खुशी बढ्नेछ । नोकरीमा फाईदा मिल्ने एवम गरेको काममा अरुले बाधा गर्न सक्नेछन् । साताको अन्त्यमा भने आम्दानी राम्रो हुने, सन्तानबाट खुशी बढ्ने एवम मनोरञ्जनमा खुशी जानेछ । खर्च बढेतापनि अरुको सहयोगले आफ्नो काम पुरा हुनेछ ।
मिथुन – आफ्नाे गल्तीेले काममा अपजस मिल्नेछ । साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवम तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवम अरुले काम बिगार्न सक्नेछन् । मध्यमा भने अधुरा काम पुरा हुने, काममा सफलता मिल्ने एवम धार्मिक रुचि बढ्नेछ । साताको अन्त्यमा भने पद प्रतिष्ठानमा वृद्धि , राजनैतिक सफलता एवम अरुको सहयोग मिल्नेछ । रोजगारीको सम्भाबना रहने एवं सरकारी क्षेत्रबाट फाइदा हुनेछ ।
कर्कट – प्रेममा खुसियाली बढ्नेछ । वैवाहिक जीवनमा मेलमिलाप एबं आफन्तको सहयोग राम्रो मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । साझेदारीमा फाईदा, प्रेममा प्रगति एवम यात्राको अवसर मिल्नेछ । साताको मध्यमा भने काममा झन्झट, आकस्मिक घाटा बेहोर्नु पर्नेछ काम विगार्नेहरु अगि सर्नेछन् । मिलेर धोका दिने संग सतर्क हुनु पर्नेछ । साताको अन्त्यमा भने काममा फाईदा मिल्ने,विदेशवाट सहयोग मिल्ने एवं भाग्यले साथ दिने एवम खुशिको खबर आउनेछ ।
सिंह –नयाँ काममा खर्च बढी आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । अरुको सहयोग मिल्नेछ । विरोधीहरु पर जाने एवम पारिवारिक मेलमिलाप बढ्नेछ । वैवाहिक कुराले स्थान पाउनेछ। साभेदारी लगानीमा प्रगति मिल्नेछ । नया ठाउमा नया मित्रता बन्ने एवम व्यवसायमा राम्रै प्रगति मिल्नेछ । साताको अन्त्यमा भने आलोचना हुने, काममा अपजस मिल्ने एवम नराम्रो खबर आउन सक्नेछ । काममा घाटा हुने हुनाले तनाव बढ्नेछ ।
कन्या – कला संगीत एवं आध्यात्मिक क्षेत्रमा संलग्नता बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तानको सहयोग पाईनेछ । आम्दानीमा वृद्धि एवम स्वास्थ्यमा सुधार हुनेछ । साताको मध्यमा भने साथिभाइ संग रमाइलो हुनेछ । सामुहिक खानपिनमा खर्च बढेपनि साझेदारी काम बाट फाइदा मिल्नेछ । नया ठाउँमा लगानी हुनेछ । साताको अन्त्यमा भने दाम्पत्य सुख मिल्ने,पति पत्नीबीच मेलमिलाप हुने एवम विदेश यात्राको योग बन्नेछ ।
तुला – आपसी तनावमा फाइदा अरुलाइ मिल्नेछ । घरायसी धनको मामिलामा परिनेछ । स्वास्थ्यमा अचानक बाधा एवम चिन्ता बढ्ने देखिन्छ । साताको मध्यमा भने परोपकार र सामाजिक कार्यमा रुचि एवम मनोरञ्जनमा दिन बित्नेछ । अध्ययन एवं शैक्षिक गतिवितिमा बढ्नेछ । आम्दानी राम्रो हुने, स्वास्थ्यमा प्रगति हुने एवम खेलकुदमा रुचि जाने देखिन्छ । अचानक मित्रबाट फाईदा हुने योग रहेको छ ।
वृश्चिक – उत्साह बढ्नाले नया काममा प्रगति हुनेछ । दाजुभाइ र मित्रको साथ मिल्ेनाले आर्थिक तनाव हट्नेछ । कृषि काममा आर्थिक फाइदा एवं छोटो यात्रा हुनेछ । माइती मावलीको सहयोग मिल्नेछ । पराक्रम बढ्ने, काम फटाफट हुने देखिन्छ । साताको मध्यमा भने अनावश्यक किचलो एवम स्वास्थ्यमा समस्या आउनेछ । अन्त्यमा भने, व्यवसायमा प्रगति प्रेममा प्रगति एवम धनमाल जोडिने योग रहेको छ ।
धनु – आफन्त संग भेटघाट एवं धनको सहयोग मिल्ेनछ । बोलीको प्रभावले महत्वपूर्ण काम हात पर्नेछ । धनको कारोबार बढ्नाले पुरानो कारोवारको तनाव सकिनेछ । । सानो एवं महत्व पूर्ण यात्रा हुनेछ । दाजुभाइसंगको सम्बन्धमा सुधार आउनेछ । मनोरन्जनमा खर्च बढ्ने एवं यात्रामा तनाव हुनेछ । साताको अन्त्यमा भने सवारी साधनको तनाव आउनेछ । सानो कुरामा पारिवारिक झगडा, मानसिक अशान्ति एवम काममा अवरोध आउनेछ ।
मकर – धनको काममा सन्तुष्टि मिल्नेछ । साथिभाइको सहयोगले पुरानो कारोबार सुल्झिने छ । सवारीसाधनमा जन खर्च हुनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवम ठुलाबडाको माया एवम सदभाव पाईनेछ । धनको कारोबार बढ्ने एवम आकश्मिक फाईदा मिल्नेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन, भाई भाईमा मेलमिलाप एवम जिम्मेवारी थपिनाले कार्यभार बढ्नेछ ।नयाँ काममा लगानी हुनेछ । खानपिनमा मनोरन्जनमा समय एवं खर्च बढी जानेछ ।
कुम्भ – घरवाहिरको काममा आर्थिक हानि हुनेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवम यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मनोरञ्जनमा खर्च हुने एवं स्वास्थ्यमा भने समस्या आउनेछ । । नयाँ ठाउँको भ्रमण एवम काममा प्रगति देखिन्छ । साताको अन्त्यमा भने व्यापारमा फाईदा, विलासितामा मन जाने एवम पारिवारिक भेटघाट र मिष्ठान्न भोजनको योग रहको छ ।
मीन – कृषि एवं पशुचौपायाबाट धनार्जन हुनेछ । साझेदारी लगानीमा फाईदा मिल्नेछ । व्यापार बढ्नाले ऋणको भार कम हुनेछ । सुख सयलमा खर्च हुने एवम अरुबाट लाभ मिल्नेछ । साताको मध्यमा भने अचानक नोक्सानी एवम मिलेर धोका दिने अघि बढ्ने र शारिरीक समस्या आउनेछ । काममा आलोचना मिल्ने तथा शत्रुबाट भय हुनेछ । साताको अन्त्यमा भने काममा फाईदा एवम आँटेको काममा राम्रो खबर मिल्नेछ । वैदेशिक कामबाट धनकोे सहयोग हुनेछ ।
प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्कः ९८५१०७१५७४पशुपति जयवागेश्वरी