श्रावण २४, २०७७ शनिबार
Logo


‘तुल्सीलाल किसान आन्दोलनका संस्थागत विकासकर्ता’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत कम्युनिष्ट नेता  तुल्सीलाल अमात्यलाई नेपालको किसान आन्दोलनका संस्थागत विकासकर्ताका रुपमा स्मरण गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका दिवंगत नेता तथा ऐतिहासिक किसान आन्दोलनका अगुवा तुल्सीलाल अमात्यको २३ औं स्मृति दिवसको अवसरमा सत्तारुढ नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले तुल्सीलाल नेपालको पहिलो पुस्ताका कम्युनिष्ट नेता रहेको बताउनुभएको छ ।

दिवंगत नेता अमात्यप्रति श्रद्दाञ्जली व्यक्त गरिएको प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ , ‘१५ सेप्टेम्बर १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिष्ट घोषणा पत्र जारी गर्दा उहाँ पनि सहभागि रहनु भएको थियो । २००८ सालमा स्थापना भएको अखिल नेपाल किसान संघको उहाँ संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । २००९ देखि २०१४ सम्म नेपालमा भएका ठूला किसान विद्रोहको नेतृत्व पनि तुल्सीलालले गर्नुभएको थियो ।’

लाखौं किसान सहभागि रहेको ऐतिहासिक किसान आन्दोलनमा बारा, पर्सा र रौतहटका किसानलाई सामन्तहरुले गराएका तमसुक जलाएर तुल्सीलालकै नेतृत्वमा किसानलाई ऋणमुक्त गराइएको स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनलाई आधारभूत तहको किसान आन्दोलनको जगमा विकास गर्न तुल्सीलालको महत्वपूर्ण भूमिका रहेको प्रष्ट पार्र्नुुभएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘तुलसीलाल अमात्य लगायतका पहिलो पुस्ताका नेताहरुले पसिना सिंचेर निर्माण भएको यस पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य छ । त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेका छौं ।’ २०१५ सालको पहिलो संसदीय निर्वाचनमा तुल्सीलालले ललितपुरबाट नेपाल कम्युनिस्ट पार्टीको सांसद भई संसदीय दलको नेतृत्व गर्नु भएको र तत्कालीन संसदमा राष्ट्रिय सभासहित ५ सिट रहेको कम्युनिस्ट पार्टीको संसदमा सशक्त भूमिकाका लागि तुल्सीलाल अमात्यको स्मरणीय योगदान रहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

२०१९ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव चुनिनुभएका अमात्यको सम्झनामा तुल्सीलाल प्रतिष्ठानले शनिबार स्मृति दिवस आयोजना गरेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा तूल्सीलालको २३ औं स्मृति दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…