श्रावण २४, २०७७ शनिबार
Logo


नेपाल-चीन सम्बन्धका ६५ वर्ष, बधाई सन्देश आदानप्रदान

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ६५ वर्ष पुगेको छ । यस अवसरमा नेपाल र चीनका राष्ट्रपतिले शुभकामना आदनप्रदान गर्नुभएको छ ।

नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीचको सम्बन्ध सधैं सुमधुर र सम्मानजनक रहेको उल्लेख गर्नुभएको छ । नेपाल र चीनबीच हालै सम्पन्न उच्चस्तरीय भ्रमणबाट दुवै देशबीचको मित्रता र आपसी सहयोग सुदीर्घ बनाउने समझदारी विकसित भएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ । साथै उहाँले कोभिड–१९ विरुद्धको लडाइँमा दुवै राष्ट्रसँगै उभिएर अघि बढेकाले आपसी सम्बनधमा नयाँ अध्याय शुरु भएको पनि उल्लेख गर्नुभएको छ ।

यसै अवसरमा शुभकामना व्यक्त गर्दै चीनका राष्ट्रपति सी चीन फिङले नेपालसँगको सम्बन्ध विस्तारमा आफूले उच्च महत्व दिएको उल्लेख गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा नेपाल चीन सम्बन्ध अझ विकसित हुने र दुई देशबीचको आपसी सम्बन्ध थप उचाइमा पु¥याउन आफू उत्सुक रहेको राष्ट्रपति सीले उल्लेख गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । साथै उहाँले नेपालसँगको द्विपक्षीय सम्बन्ध र सहयोग निरन्तर अघि बढाउन आफू इच्छुक रहेको पनि शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति सीले कूटनीतिक माध्यमबाट दुई देशबीचको मित्रता प्रबल र फलदायी बनाउँदै यो सम्बन्ध जनस्तरसम्म पु¥याउन आफू प्रयासरत रहेको समेत उल्लेख गर्नुभएको छ । नेपाल र चीनबीचको असल मित्रता अभिवृद्धि गर्दै यसकै माध्यमबाट क्षेत्रीय स्थायित्व र विकास सम्भव हुने पनि राष्ट्रपति सीले विश्वास व्यक्त गर्नुभएको छ । नेपाल र चीन कतिपय सवालमा सँगै रहेको स्मरण गर्दै राष्ट्रपति सीले ‘बेल्ट एण्ड रोड’ को संयुक्त निर्माणले यो सम्बन्धलाई उच्च बनाउने विचार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…