मुस्लिम धर्मावलम्बीकाे बकर इद पर्व मनाउँदै

काठमाडाैं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । रमजान पर्षको ७०औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामुहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । विगत वर्षहरुमा बकर इदको दिन दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको भएपनि यो वर्ष भने सुनसान देखिएको छ । विश्वव्यापी बनेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम समुदायले घरघरमै नमाज पढेर बकर इद बनाउँदै छन् । राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घरघरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना संक्रणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताउनुभयो । वर्षमा एकपटक मात्रै आउने पर्व भएकाले केही असहज भएपनि देशवासीका लागि यो कदम चालिएको उहाँले बताउनुभयो ।

इदका अवशरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (वलि) दिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।