बाहिर प्रचार गरिएजस्तो नेकपाभित्रको बहस पदको छिनाझपटी बिल्कुलै होइन – प्रचण्ड

फाइल : तस्वीर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर प्रचार गरिएजस्तो नेकपाभित्रको अहिलेको बहस पदको छिनाझपटी बिल्कुलै नभएको बताउनुभएको छ । शनिबार बिहान ललितपुरमा नेकपाका पुराना नेता तुल्सीलाल अमात्यको २३ औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, पद प्राप्तिका लागि तछाडमछाड भइरहेको भन्ने प्रचार गर्न खोजिएको भन्दै ‘यो पदको झिनाझम्टी विल्कुलै होइन। ’यो बहस पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने हो’ । ‘राजनीतिक स्थिरता र एकताका निम्ति हामीले पद त्याग गर्दै नै आएका छौं। अहिले पार्टी एकताको रक्षा गर्दै यसलाई कसरी राम्रोसँग अगाडि बढाउने भन्ने हिसावले हाम्रो बहस अगाडि बढेको छ।’

स्थायी समिति बैठकसमेत पटक पटक स्थगित गर्दै आएका नेताहरू सहमति खोज्ने अन्तिम कसरत भइरहेका बेला प्रचण्डले एकतामै जोड दिनुभएको हो। ‘आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ, त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं।’ अध्यक्ष दाहालको भनाइ थियो ।

नेपालमा दशकौंदेखि बोलचाल नभएका कम्युनिस्ट समूहहरूको एकताले ठूलो राजनीतिक छलाङ ल्याएको र ‘त्यो एकताले गर्दा नै आज हामी अत्याधिक बहुमत सहित सरकारको नेतृत्व गर्ने ठाउँमा आइपुग्यौं, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेपाल एउटा मोडल बनेको छ’, प्रचण्डले थपे। ‘हामी कम्युनिस्ट जालझेल, छलकपट अपनाउन सक्दैनौं, त्यसैले हाम्रो संघर्ष तिखो हुन्छ’, प्रचण्डले भने, ‘एकता बचाउने क्रममा विभिन्न एजेण्डा र प्रवृतिको फछ्र्योट पनि हुनुपर्छ।’

तुल्सीलालको स्मरण गर्दै उनले पुराना पिँढीका नेताहरू जालसाजीभन्दा पनि आफ्ना कुरा सिधा सिधा राख्ने नेता भएको बताउभयो। ‘बहस गर्दा पार्टी फुट्न लाग्यो, छियाछिया हुन्छ भन्ने होइन,’ उनले थपे, ‘हामी जालझेल र ढाटछल गर्न सकिन्न। पार्टीभित्र तीखो बहस हुन्छ। बुर्जुवाहरूमा भने तीखो बहस हुन्न, लुटेर खाने कुरामा उनीहरू एक हुन्छन्।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।