‘एकताकाे नाममा गलत प्रवृतिकाे ढाकछाेप गर्न सकिदैन’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताउनुभएको छ । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औं स्मृति दिवसका अवशरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फर्छ्याेट गर्नुपर्ने बताउनुभयो ।

कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै दाहालले भन्नुभयो, ‘आम जनता र कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस् भन्नेछ भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रो सँग बुझेका छौँं। तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फर्छ्याेट ठिक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौं। पुराना नेताहरुप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनैपर्ने शिक्षा यही हो ।’

अध्यक्ष दाहालले समाचारहरुमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै उहाँले विधि र पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पटकपटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन् । त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन । यो कम्युनिष्ट पार्टीको विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो । विचारलाई कसरी स्पष्ट पार्ने, इस्यूहरुमा कसरी अगाडि जाने र विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा नै केन्द्रित भएर हाम्रा छलफल चलिरहेका छन् ।’

अध्यक्ष दाहालले अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताउनुभयो । पार्टी एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई सबैले मिलेर परास्त गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।