सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिममा शनिबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३० सहित सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीसपाथिभेराका तीन/तीन जना र मष्टा गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।