कुटपिटबाट मृत्यु भएका चेपाङ परिवारलाई १० लाख राहत माग

काठमाडाैं । नेपाल चेपाङ संघले सेनाको कुटपिटबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई १० लाख रुपैयाँ राहत दिनुपर्ने माग गरेको छ । संघले पत्रकार सम्मेलन मार्फत दुईदिन भित्र आफूहरुको माग संवोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यस्तै कुटपिटमा संलग्न चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनालाई कडा कारबाही गर्नुपर्ने र घाइते चार जनालाई निशुल्क उपचार गर्नुपर्ने माग संघले गरेको छ । यसैगरी चेपाङ समुदायलाई स्थानान्तरण गर्दा उनीहरुको परिवारलाई जिविकोपार्जन गर्न सक्ने बैकल्पिक व्यवस्था गरेर मात्रै पुर्नबास गर्नुपर्ने संघको माग छ ।

जल, जंगल र जमिनमा रमाउने समुदायको रुपमा रहेको चेपाङलाई पटक पटक निकुञ्ज प्रशासनले मानसिक र शारीरिक यातना दिने गरेको भन्दै आइएलओ १६९ महासन्धीमा भएको सम्झौता कार्यान्वयन गर्न संघले भनेको छ । नेपाल चेपाङ संघका केन्द्रीय पूर्व अध्यक्ष गोविन्दराम चेपाङले आफुहरुको माग आइतबारसम्म संवोधन नभए चितवन सहित छिमेकी तीनवटा जिल्लामा सशक्त आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

पोष्टमार्टमका लागि काठमाण्डौं लगिएको राजकुमारको शव टिचिङ हस्पिटलमा राखिएको छ । माग संवोधन नभएसम्म शव नबुझ्ने परिवारले अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।