लमजुङमा डेंगू संक्रमण

काठमाडाैं । नेपालमा कोरोना भाईरस संक्रमणको जोखिम बढ्दै गर्दा लमजुङ जिल्लामा भने डेंगूको संक्रमण देखिन थालेको छ । जिल्ला सामूदायिक अस्पताल लमजुङमा उपचारका लागि आएका बेसीशहर नगरपालिका अन्तर्गतका चारजनामा डेंगू रोगको संक्रमण भेटिएको हो ।

अस्पतालका अनुसार बेसीशहर–वडा नं ३, ७, ८ र ९ का चारजनामा डेंगू रोगको संक्रमण भेटिएको हो । बिरामी भएर अस्पतालमा आएका चारैजनाको स्वास्थ्य परिक्षणका क्रममा डेंगू रोगको संक्रमण भेटिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमूख हेमन्त श्रेष्ठले बताउनुभयो ।

लामखुट्टेको टोकाईबाट डेँगु रोगको जोखिम हुने र जिल्ला भित्र डेंगूको संक्रमण बढ्दै गएकोले उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

डेंगू सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । भाँडामा पानी जम्मा हुन नदिनुका साथै सामान्य होसियारी अपनाइएमा डेंगू रोगको जोखिमबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।