दुई मोटरसाईकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सर्लाही । सर्लाहीको लालबन्दीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। गम्भिर घाइतेलाई थप उपचारको लागि राति नै जनकपुर लगिएको छ। मृत्यु हुनेमा लालबन्दी नगरपालिका ५ का ५० वर्षीय ब्रह्मदेव चौधरी र रौतहटको इसनाथ नगरपालिका ७ का ५५ वर्षका नन्दकिशोर शाह भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते दुबैलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। शनिबार राति लालबन्दी नगरपालिका १७ मा प्रदेश २०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं। सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा अपराध अनुसन्धान…

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…