संक्रमित मेयरका परिवारसहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । दुईदिन अघि कोरोना संक्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिकाका मेयर वीजय सरावगीको परिवारका दुई सदस्यसहित आइतबार बिहान थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको स्वाब परिक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेटिएका नयाँ संक्रमित ४३ जना वीरगञ्जका हुन्। अन्य दुईजना जना संक्रमित पर्साको प्रसौनी गाउँपालिका र निर्मलबस्तीका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदन उपाध्यायले जानकारी दिनुभयो। कन्ट्याक्ट ट्रेसिङका क्रममा सरावगीको परिवारका दुई सदस्यसहित वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको होे।

वीरगञ्ज महानगरपालिका(४ विर्तास्थित कन्या माविको क्वारेन्टनबाट संकलन गरिएको १४९ जनाको स्वाब परिक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै मगनुस फर्माका ५ जना कर्मचारी, वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सुपरिटेन्डेन्ट उपाध्यायले बताउनुभयो। वीरगञ्जमा शनिबारसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं। सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा अपराध अनुसन्धान…

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…