एएसपी ढकालसहित २ सय बढि प्रहरी क्वारेन्टाइनमा

काठमाडौं । दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा बढि ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेका छन् । शुक्रबार २ जना ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एससपी भीमप्रसाद ढकालसहित दुई सय जना महाशाखाभित्रै क्वारेन्टाइनमा बसेका हुन्।

संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिनुभयो। अहिले कारेन्टिनमा बसेकाहरुको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र नामावली टिप्ने काम सकिएपछि परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ । उनीहरुको रिपोर्ट नआएसम्म ट्राफिक मुख्यालय बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…