सुनको मूल्यमा नयाँ रेकर्ड, लाख नजिक पुग्यो

काठमाडौं । तोलामा ३ सय रुपैयाँले बढेर आइतबार फेरि सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । गत आइतबारदेखि शुक्रबारसम्म दैनिकरुपमा कायम गरेको रेकर्ड आइतबार तोडिएको हो ।

आइतबार छापावाला सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा किनबेच भएर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा किनबेच भएर रेकर्ड बनाएको हो । अब तोलामा ४ सय रुपैयाँले वृद्धि भयो भने सुन प्रतितोलाको एक लाख रुपैयाँ पर्नेछ ।

आइतबार तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपैयाँमा किनबेच भएको छ । चाँदीको मूल्य भने तोलामा दश रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी छाएपछि सुनको मूल्यले दैनिकरुपमा नेपाली बजारमा रेकर्ड बनाइरहेको हो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ७५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…