दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका–७ घिमिरे चोकस्थित दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश नम्बर नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज.१ प २३३ नम्बरको मोटरसाइकल शनिबार साँझ एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ज.१ प २३३ नम्बरको मोटरसाइकल चालक रौतहट ईशनाथ ननगरपालिका–७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–५ बस्ने ५० वर्षीय ब्रमदेव चौधरीको लालबन्दीस्थित गढिमाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय श्याम साहको महेन्द्रनगर हेल्थ केयरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…