प्रहरीमाथि हातपात गर्न खोज्ने दुईजना पक्राउ

मोरङ । प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात समेत गर्न खोजेको अभियोगमा दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ सुडी बस्ती बस्ने २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

तस्करीका सामान ओसारपसार हुन लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निग्रानीमा खटिएको थियो ।

निग्रानी गर्ने क्रममा उनीहरुले घर अगाडि प्रहरी किन आएको भन्दै होहल्ला मच्चाई भिड जम्मा गरी ईलाका प्रहरी कार्यालय रानीको ना.१ झ १३४८ नम्बरको गाडीको सिसा फुटाई क्षति पुर्‍याएपछि घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…