पर्सामा भोलिदेखि अनिश्चितकालिन निषेधाज्ञा लागू हुने

फाइल तस्बिर

सजिव मिश्रा
वीरगञ्ज । पर्सा जिल्लामा भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बनेपछि स्थानीय प्रशासनले जिल्लाभर नै निषेधाज्ञा लगाउने तयारी गरेको हो ।

यसअघि स्थानीय प्रशासनले गत शनिबार ९ दिनदेखी वीरगञ्ज महानगरमा मात्रै निषेधाज्ञा लगाउँदै आएको थियो । परिस्थिति जटिल बन्दै गएकाले जिल्लाभर नै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको कोभिड १९ संकट व्यवस्थापन समिती पर्साले जनाएको छ ।

शनिबार बसेको समितिको बैठकले जिल्लाभर नै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने बैठकले निर्णय गरेका छ ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, ड्राईपोर्ट, भन्सार, आइसिपि, ड्राइपोर्टमा रहेका बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने बैठको निर्णय छ । साथै छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाका तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट मानिसको आवागमन निषेध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…