सुदूरपश्चिममा थप २३ जनामा कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दुई सय ३८ जनामा भएको कोरोना परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्वर ५ का तीन महिला र पाँच पुरुष गरी आठ जना, टीकापुर नगरपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जना, मोहन्याल गाउँपालिका वडा नम्वर ५ का दुई पुरुष, जोशीपुर गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै धनगढी उप–महानगरपालिकाका दुई पुरुष, घोडाघोडी नगरपालिका वडा नम्वर १ र गोदावरी नगरपालिकाका एक÷एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…