मापदण्ड अपनाएर हाेटल सञ्चालनकाे तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) का कारण लामो समय बन्द रहेका होटलहरु सञ्चालनमा आएका छन् । सरकारको निर्णय अनुसार साउन १५ गतेबाट सञ्चालनमा आएका होटलहरु अहिले आन्तरिक तयारीमा जुटेका छन् ।संक्रमणको जोखिम अझै कायम रहेको सन्दर्भमा होटलका सञ्चालकहरु विभिन्न सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनको पूर्ण तयारीमा जुटिरहेका हुन् ।

सरकारले भदौ १ गतेबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका बन्द प्रशिक्षण शुरु गर्ने अनुमति दिएपछि खेलाडी, प्रशिक्षक तथा अफिसियलका लागि होटल क्राउन प्लाजा नक्सालले स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइरहेको छ । विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु बन्द प्रशिक्षणका क्रममा अवधिमा सोही होटलमा बस्ने भएकाले अहिले होटेललाई स्यानिटाइजेसन गर्न लागिएको प्रवन्ध निर्देशक युवराज श्रेष्ठले बताउनुभयो ।

बन्द प्रशिक्षणको समयमा अधिकांश खेलका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु बस्ने होटेल क्राउन प्लाजाले नयाँ प्रविधि (धुँवा छर्ने विधि) बाट होटेल स्यानीटाइज गरिरहेको उहाँले बताउनुभयो । कुनै पनि गेष्ट चेक आउट भएपछि त्यो कोठालाई पूर्ण रुपमा स्यानीटाइजेसन गर्ने, २४ घण्टापछि सफा गर्ने र अर्को २४ घण्टापछि पुनः प्रयोगमा ल्याउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पूर्ण खेलाडीलाई काठमाडौं बोलाइसकेको छ । भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…