Logo आश्विन १५, २०७७ बिहीबार


आफ्नै बुबाको हत्या गरी हतार हतार शव जलाउने प्रयास, प्रहरीद्वारा शव नियन्त्रण

फाइल : तस्वीर

काठमाडौं । कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–९ का ५० वर्षीय रामकृष्ण नेपालीको शव पशुपति आर्यघाटमा हतार हतार जलाउने तयारी हुँदै गर्दा नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार गत १५ गते साँझ कान्छा छोरा सन्तोष नेपालीले मादकपदार्थ सेवन गरी बाबु रामकृष्णलाई कुटपिट गरेका थिए । सो क्रममा लडेर घाइते भएका उनी १६ गते बिहानसम्म पनि बेहोस अवस्थामा रहेको देखेपछि पाटन अस्पताल पु(याइएको थियो । तर, रामकृष्णका जेठा छोरा नेपाली सेनामा कार्यरत रहेकाले उनकै सुझावअनुसार घाइते रामकृष्णलाई पाटन अस्पतालबाट सैनिक अस्पताल छाउनी लगिएको थियो । छाउनी अस्पतालमा नै उनको शनिबार बिहान निधन भएको थियो ।

सन्तोषले, कुटपिटपछि घाइते भएका बुबा अनियन्त्रित भई लडेर घाइते भएको भन्दै आफन्तलाई खबर गरेका थिए । तर, आफन्तहरूले भने लडेर नभई गम्भीर चोट भएकाले हत्याकै नियतले आक्रमण भएको आशंका गरेका थिए । सो क्रममा छाउनीमा उपचारमा संलग्न चिकित्सकले समेत टाउकामा गम्भीर चोट रहेको बताएका थिए ।

डिएसपी तामाङले अस्पतालसँगको सोधपुछका क्रममा टाउकामा गम्भीर चोट रहेको र आफन्तले समेत हत्याकै नियतले आक्रमण गरेको भन्दै प्रहरीमा जानकारी गराएपछि पशुपति आर्यघाटबाट शव नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले हत्याको आशंकामा रामकृष्णका कान्छा छोरा सन्तोष नेपालीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।