Logo आश्विन १५, २०७७ बिहीबार


बँदेल मार्न थापेको धरापमा परी दाजुभाइको मृत्यु, बुबा घाइते

फाइल : तस्बिर

दाङ । घोराही उपमहानगरपालिकामा  बँदेल मार्न थापेको विद्युतीय धरापमा परी दाजुभाइको मृत्यु भएकाे छ ।  बँदेल मार्न मार्न मकैबारीमा थापेको  विद्युतीय धरापमा परेर सोमबार बिहान उपमहानगरपालिका १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको मृत्यु भएको हो ।

विद्युतीय धरापमा परेर बुबा घाइते भएका छन् । विद्युतीय धरापमा परेर उनीहरूका बुवा ३७ वर्षीय दिलबहादुर रावत घाइते भएकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो।  उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

बँदेलले मकै खाएर सताएपछि त्यसलाई मार्न उनीहरुले मकै बारीमा विद्युतीय धराप थापेका थिए ।  विद्युतीय धरापमा बँदेल परेको पाे छ कि ? भनेर हेर्न  सोमबार बिहानै बुवा-छोरा मकै बारीमा गएका थिए ।  शुरूमा एउटा छोरा गल्तीबस त्यो धराप छुन पुगे। भाइलाई करेन्ट लागेपछि दाजु उनलाई तान्न गए ।  करेन्ट लागेर दुई दाजु–भाइको घटनास्थलमै मृत्यु भयो।

बाबुलाई भने आत्तिँदै अगाडि बढ्दा करेन्ट लागेकाे हाे ।  करेन्टले दुवै छाेरा गुमे पनि बुबा  दिलबहादुर भने बाँच्संन सपफल भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।