Logo मंसिर २०, २०७७ शनिबार


‘बुवा … मेरा सपना अझै लावारिसे भएका छैनन्’

झिसमिस साँझ । आकाशबाट वर्षिरहेको पानी झ्यालबाट नियाल्दै सोंचमा हराउदै छिन् शुभद्रा ।  ‘कतै मेरा सपनाका बादल पनि निर्थक वर्षिरहेका यी पानीका थोपा बनी सडकमा लावारिस भएर गिर्ने त होइनन् ?’ उनी वर्षाबारे घोत्लिइरहेकी थिइन् ।  त्यहीबेला ‘दिदी’ भन्ने आवाज आउँछ । बहिनीको आवाजले उनी झस्किन् । ‘के भो कान्छु ?’ बहिनीले भनिन्– ‘दिदी, भोक लायो ।’

बहिनीको अनुहारको भावले शुभद्रालाई त्यो झ्यालको कुनाबाट जुरुक्क उठ्न बाध्य बनायो। उठेर कुनाको स्टोभ हल्लाइन्। मट्टितेल छल्किदै थियो। छेउको चिउराको बट्टा पनि हल्लाइन् , रित्तो थियो। र, एक एक गर्दै चामल, पिठो, मकै, आलु राखेका टोकरी सबै रित्ता पाइन्। निरास हुँदै बहिनीको भोको मुहार नियाल्दै अर्कोपट्टी भित्तामा अढेस लागेको पुरानो काठको दराजमा राखेको हाते झोला हेरिन, त्यसमा एउटा पुरानो रातो नोट थियो, ५ रुपैयाँको। त्यो ५ रुपैयाँको नोटलाई मुठ्ठीमा चपक्क च्यापिन् र कोठाबाट निस्किन् ।

सिमसिम पानीमा भिज्दै पसलतिर लागेकी शुभद्राका कति बेला पुरै वस्त्र भिजेछन् उनले पत्तै पाइनन्। तर मुठ्ठीमा च्यापेको नोट भने भिज्न दिइनन् । पसलमा पुगेर मुठ्ठी फुकाइन ५ को नोट पसलेलाई देखाउँदै ‘दाइ एउटा बिस्कुट दिनु न।’

पसलेले शुभद्रालाई नियालेर हेर्यो। सायद पानीमा भिजेका उनका पातला वस्त्रबाट उनका भित्री अङ्ग देखिएको भएर होला !  पसलेको नजरले उनलाई अप्ठ्यारो लाग्यो। आफ्ना दुवै हात छाती छातीसम्म पुराइन् । पसलेको हातबाट बिस्कुट समाइन र कोठा तिर फर्किन्। उनका आँखा रसाउँदै रहेछ्न, त्यही पनि त्यो पानी परेको बेला कसले नै देख्थ्यो र उनका रसाएका आँखा ।

उनले पत्तो पनि पाइनन् कति बेला त्यो शहरको चकमन्न उज्यालोबाट बन्द अध्यारो कोठामा पुगिन्, तर जतिबेला उनको होस खुल्यो मुठ्ठीमा ५ सयको गुजुमुन्न परेको नोट भेटाइन्, नोटलाई सिधा पारेर पट्याइन अनि आफ्नो माथिल्लो पोसाकमा घुसाइन् । यता यो शहरमा मधुरो बिहानी छाइसकेको थियो। कोही हात तलामाथि गर्दैथे, कोही खुट्टा उफार्दै थिए भने कोही खित्का हाँसो हाँस्दै थिए। उनलाई भने त्यो हाँसोले आफूलाई गिज्याएको भान हुन्थ्यो ।

रुझेको शरीर बोकेर शुभद्रा कोठा भित्र पसिन्। बहिनीलाई बिस्कुटको पुरिया दिइन्। बिस्कुट देखेर बहिनी खुशी भएको दृश्य, आहा १ हुन त चकलेट बिस्कुट भनेपछि केटाकेटी हुरुक्कै हुन्छन्। छेउको जर्किनबाट गिलासमा पानी सारेर बहिनीलाई दिइन्। बहिनीले बिस्कुट खाएको दृश्य टोलाएर हेरिरहिन् शुभद्रा ।

‘दिदी, तपाई नखाने’ बहिनीको प्रश्नले उनका गह रसाए तर वर्षाउन सकिनन् सायद उनका आँशुमा आउन सक्ने बहिनीका प्रश्नको जवाफ नभएर होला। अनि टाउको हल्लाएर नखाने भनि इशारा गरिन् केहीबेरमै झमक्कै रात पर्‍यो। बहिनीलाई टाउको थपथपाउदै सुताइन्। बहिनी निदाएपछि बिस्तारै उठेर उनी बाहिर निस्किन् र बाहिरबाट चुकुल लगाएर सभ्य शहरको सभ्यतामा रुमलिन हिडिन्, प्रकाशको चकमकमा झिलिमिल्ल सभ्यवासीको यो शहरमा ।

त्यही प्रकाशको उज्यालोको आडमा सडकको एक छेउ उभिइन् शुभद्रा। उनले पत्तो पनि पाइनन् कति बेला त्यो शहरको चकमन्न उज्यालोबाट बन्द अध्यारो कोठामा पुगिन्, तर जतिबेला उनको होस खुल्यो मुठ्ठीमा ५ सयको गुजुमुन्न परेको नोट भेटाइन्, नोटलाई सिधा पारेर पट्याइन अनि आफ्नो माथिल्लो पोसाकमा घुसाइन् ।

यता यो शहरमा मधुरो बिहानी छाइसकेको थियो। शुभद्रा सुस्त सुस्त घर तिर लागिन । उनी देख्दै थिइन्, कोही हात तलामाथि गर्दैथे, कोही खुट्टा उफार्दै थिए भने कोही खित्का हाँसो हाँस्दै थिए। उनलाई भने त्यो हाँसोले आफूलाई गिज्याएको भान हुन्थ्याे । केहिबेरमै कोठा नजिकैको पसल पुगिन्, ५ सयको नोट देखाउदै चामल दाल चिउरा तरकारी मागिन् । सबै सामान र फिर्ता फर्केको रातो नोट हातमा लिएर कोठा तिर लागिन् ।

कोठामा बहिनी सुतिरहेकी थिइन्। उनी चाहिं एक एक गर्दै खाली बट्टाहरुमा रासन भर्न थालिन । स्टोभलाई दम दिन लागिन् , स्टोभको आवाजले निन्द्रा खुलेछ क्यार शुभद्राकी बहिनी लामो हाइ गर्दै बोलिन्, ‘दिदी ।’

‘हजुर, उठेउ कान्छु ? तिमी हात मुख धोउ म खाना पकाउँछु है ।’ भन्दै बहिनीलाई पानीको अमखोरा दिइन्। बहिनी हात मुख धोएर खाटको खुट्टामा अडेस लागेर पुरानो स्कुले झोलाबाट किताब निकालेर हेर्न थालिन्। यता शुभद्रा भने खाना पकाउन व्यस्त भइन । केहीबेरपछि दुवैले खाना खाए । बहिनीलाई स्कुलको कपडा लगाइदिइन्, आकाशे रङको सर्ट , निलो मिड्डी र सेतो रिबन कपालामा बाधी दिइन । पोसाक पुराना भए पनि ती पोसाकमा उनकी बहिनी स्वर्गकी सानी परी जस्तै देखिइन्।

शुभद्रा बहिनीलाई बाटोसम्म छोड्न गइन् र बहिनी अरु केटाकेटीसँग स्कुल गएको दृश्य उभिएर केहीबेर हेरिरहिन् । कोठामा फर्केर लामो श्वास लिदै खाटमा बसिन् । अचानक उनका आँखा भित्तामा झुण्डिएको १० वर्ष पुरानो तस्बिरसँग ठोक्किए । विस्तारै तस्बिर निकालेर लिइन् , उनका आँखा रसाउन थाले ।

‘मलाई यस्तो लावारिस बनाएर किन एक्लै छोड्यौ ?’ तस्बिरले जवाफ फर्काउन सकेन तर उनका आँखाबाट झरेका आँशुका थोपाले तस्बिर भने धमिलो बनाए। देब्रे हातको कुइनोले तस्बिरमाथिको सिसा पुछ्दै भनिन्– ‘मिस यु सो मच।’

अझ पनि तस्बिर बोल्न सकेन तर तस्बिर नियाल्दानियाल्दै कति बेला निदाइछन पत्तै पाइनन्, शायद रा भरिको अनिदोले होला । मध्यान्न पार भइसकेको थियो। निन्द्रा खुल्यो। बाहिर हेरिन्। अगाडिअगाडिको अग्लो घर देखि घामपश्चिम लाग्दै थियो । बिहानको बाँकी बचेको भात भुटेर बहिनीको लागि बटुकीमा राखिदिइन र बहिनी स्कुलबाट फर्किने बाटो कुरेर बसिन् ।

उनका आँखा ढोकामा गएर अड्डिए , अबिरले रङ्गिएको बहिनीको मुहार, एक हातमा दुई ओटा कापी अर्को हातमा सिसाकलम अनि मिठाइ, त्यो दृश्य देखेर उनका आँखा फेरि बर्सिए । ‘दिदी म फर्स्ट भएँ ।’उनले बहिनीलाई झम्टिएर अङ्गालोमा लिइन् र आँखाबाट आँशु झार्दै भित्तामा झुण्डिएको तस्बिर हेर्दै बोलिन् , ‘बुवा, मेरा सपना अझै लावारिसे भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।