Logo कार्तिक १२, २०७७ बुधबार


वडाध्यक्षद्वारा वृद्धमाथि कुटपिट

भोजपुर । साल्पासिलिछो गाउँपालिका–१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले एक स्थानीय वृद्धमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई शनिबार कुटपिट गरेका हुन् ।

दिङ्लाबाट घर जाने क्रममा वडाध्यक्षले वृद्ध कार्कीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका वृद्धलाई उपचारका लागि विराटनगर पठाइएको छ । वृद्धको छाति, हात र खुट्टामा चोट लागेको बताइएको छ ।

वडाध्यक्ष बुढाथोकीले बाटो निरीक्षणका क्रममा कार्कीले अपशब्द प्रयोग गरेको र त्यस्तो नगर्नु भन्दा सामान्य ठेलमठेल भएको बताएका छन् । वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचार गरिदिने सहमति भएपछि पीडित परिवारको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।