Logo आश्विन १३, २०७७ मंगलबार


मोरङमा ४६ सहित प्रदेश १ मा ५७ जनामा कोरोना

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ५७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । प्रदेश नं १ मा ९५१ जनामा गरिएको पीसीआर परीक्षणमा १८ महिलासहित ५७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सङ्क्रमण देखिएकामध्ये मोरङमा ४६, झापामा छ र सुनसरीमा पाँचजना रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो। मोरङको विराटनगरका ६ महिलासहित २२, रङ्गेलीका ९ महिलासहित २२, कटहरीका दुई महिला, झापाको अर्जुनधाराका पाँच, विर्तामोडका एक महिला, सुनसरीको इटहरीका तीन, धरान र इनरुवामा एक/एकजनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा.मेहताले जानकारी दिनुभयो ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार एक सय २८ पुगेको छ । प्रदेशबाट आज आठजना सङ्क्रमित निको भई घर फर्किएका छन् । यसरी घर फर्किनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन महिलासहित आठजना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ८२९ पुगेको छ । प्रदेशमा हालसम्म ४५ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…