लगानी बाेर्डकाे सिइओमा भट्ट

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको सोमबारको बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । महाप्रसाद लामिछाने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो ।
भट्टले राष्ट्रिय योजना आयोगको सदस्य जिम्मेवारी सम्हालि सक्नुभएको छ ।