Logo आश्विन १५, २०७७ बिहीबार


बालिका बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट १४ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका हुन् ।  वडाध्यक्ष रानाभाटलाई प्रहरीले सोमबार साँझ उनकै निवासबाट पक्राउ गरेको हो ।

बालिकाको आमाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । प्रहरी प्रमुख गुरुङले पक्राउ लगत्तै उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।

रानाभाट स्थानीय तह निर्वाचनमा तत्कालीन नयाँ शक्ति (हाल जनता समाजवादी) पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । यसैबीच जनता समाजवादीले घटना गगत्तै रानाभाटलाई पार्टीबाट निस्काशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।