Logo आश्विन ९, २०७७ शुक्रबार


मलाई मन पर्दछ

कविता : गाईजात्रा विशेष

प्रेमलकुमार खनाल
मलाई झुन्ड र काेटरी मन पर्दछ
सबै मान,सम्मान र अवसर पाइने
सबै सिनियरहरुलाई पछाडि पार्न पाइने
अनि यहीँ अवसरबाट
अरु सिनियरहरु सरह हुन पाउने भएपछि
कसलाई मन पर्दैन हाेला र? झुन्ड र काेटरी
त्यसैले मलाई झुन्ड र काेटरी मन पर्दछ।
झुन्ड र काेटरीमा बस्दा
 सामूहिक हितकाे कुरा गरिरहनु पर्दैन
फेरि के काम सामूहिक हितको र ?
जे गर्नु छ आफ्नो हितका  लागि  गर्ने हाे
अरुकाे हित त उनीहरुले नै गर्ने हाे नी
झुन्ड र काेटरीमा बस्दा
झुन्ड र काेटरीकाे हित हुने काम गरे हुन्छ
ठीक  भए नि बेठीक भए नि
यश यश भनी दिए हुन्छ।
आलोचना, समालोचना पनि नगरी
एस एस  भनी दिए हुन्छ
तर दृढता पूर्वक
काेटरीकाे पक्षमा खडा भइ दिए हुन्छ
त्यसैले मलाई झुन्ड र काेटरी मन पर्दछ।।
कति मानिस  विचार विधिको कुरा गर्दछन्
के काम त्यसकाे ???
जसले  म जस्तो लाई कुनै लाभ र अवसर दिदैन
अनि सिनियरहरुलाई उछिन्न पनि सकिँदैन
अनि पटकपटक अवसर पनि पाईदैन भने
के काम त्यो विचार र विधिको ?
त्यसैले मलाई झुन्ड र काेटरी नै मन पर्दछ।
प्रतिक्रिया दिनुहोस्
विशेष

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…

काठमाडौं। उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि बालुवा व्यापारले तीव्रता पाएको छ । स्थानीय…