Logo माघ १२, २०७७ सोमबार


धनगढीमा थप कोरोना परीक्षण प्रयोगशाला स्थापना

कैलाली। धनगढीमा कोरोना परीक्षणका लागि थप एउटा प्रयोगशाला स्थापना गरिएको छ । धनगढीस्थित स्वास्थ्य कार्यालय कैलालीमा प्रयोगशाला स्थापना गरिएको हो ।

सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्ने गरी थप एउटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशालामा उपकरण जडानको काम सकिएको बताउँदै सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले मेसिनको भ्यालिडेसन भइरहेको र पर्सीदेखि सञ्चालनमा आउने बताउनुभयो ।

धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा परीक्षण गरिएका स्वाबको नयाँ स्थापना गरिएको प्रयोगशालामा पुनः परीक्षण भइरहेको बताउँदै प्रयोगशाला इन्चार्ज रमेश शाहीले आवश्यक जनशक्तिको व्यवस्थापन भए नयाँ स्थापना गरिएको प्रयोगशाला मार्फत दैनिक एक हजार स्वाब परीक्षण गर्न सकिने बताउनुभयो ।

चैत १५ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को बैठकले धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार धनगढीमा थप प्रयोगशाला स्थापना भएको हो ।

डोटी र बैतडीमा समेत प्रयोगशाला स्थापनाको कार्य भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा र धनगढीमा एउटा÷एउटा प्रयोगशाला मार्फत कोरोना परीक्षण भइरहेको छ । डडेल्धुराको प्रयोगशाला जनस्तरबाट रकम संकलन गरेर स्थापना गरिएको हो भने धनगढीको प्रयोगशाला संघीय सरकारले स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।