Logo आश्विन १४, २०७७ बुधबार


एकै परिवारका १४ सहित २२ जनामा कोरोना संक्रमण पुष्टि, रंगेली बजार सिल

मोरङ । रंगेली नगरपालिकामा एकै परिवारका १४ जनासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टअनुसार २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पुष्टि भएका संक्रमित मध्ये १४ जना एकै परिवारका रहेको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जानकारी दिनुभयो । संक्रमितमध्ये पाँच जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी रहेका छन् । अस्पतालका दुई जना प्राविधिक र एक सहयोगी पनि संक्रमित भएका छन ।

एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…