Logo माघ १४, २०७७ बुधबार


३९० प्रहरीलाई कोरोना

काठमाडौं । केही साता यता मुलुकमा कोरोना संक्रमण फेरि तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो समय कोरोनाले सुरक्षाकर्मीलाई बढी सताउन थालेको छ । सुरक्षाकर्मी सडकमा तैनाथ हुनु पर्ने तथा विभिन्न व्यक्तिसँग सम्पर्क रहने हुनाले उनीहरु संक्रमित हुन थालेका हुन् ।

मुलुकभर अहिलेसम्म सशस्त्र र जनपथ गरी ३ सय ९० सुरक्षाकर्मीमा कोरोना देखिएको छ । नेपाल प्रहरीका जवानदेखि उच्च अधिकारीसम्मका २ सय ५९ जना संक्रमित भएका छन् । सशस्त्र प्रहरी बलतर्फ १ सय ३१ जनालाई कोरोना लागि सकेको छ ।

प्रहरी प्रधान कार्यालयमा ७३, उपत्यकामा थप १३, प्रदेश १ मा २९, प्रदेश २ मा ४२, गण्डकी प्रदेशमा ४८, प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिमा १२ जनामा संक्रमण देखिएको छ । संक्रमितमा १ एसपी, ६ इन्स्पेक्टर, १२ सई, १६ असई, ६९ हवल्दार, १ सय ५१ प्रहरी जवान र चारजना कार्यालय सहयोगी छन् । हालसम्म संक्रमित प्रहरीमध्ये १ सय ५ जना उपचारपछि घर फर्किएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरी बलका पनि १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । सशस्त्र प्रहरी बलका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका छन् । जसमध्ये ६८ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।

कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उहाँले यथार्थमा आफू विरोधी नभएको बताउनुभयाे ।

जनजातीहरूको वर्तमान आवश्यकता आर्थिक सम्पन्नता भएको र त्यसका लागि सरकारको स्थिरता र स्थायीत्वले महत्त्वपूर्ण भूमिका खेल्ने थापाकाे भनाइ छ ।

प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री वितरण तथा ओसार पसार खुल्ला गर्ने तयारी गरेको पनि बताउनुभयो।