अख्तियारका १५ कर्मचारीमा कोरोना देखियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आयाेगको मुख्यालयमा कार्यरत १ सय ८२ कर्मचारीको आइतबार स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो । स्वाबको
रिपोर्ट मंगलबार आएको छ । परीक्षणमा १५ जनामा कर्मचारीमा कोरोना पुष्टि भएको अख्तियारले जनाएको छ ।