Logo आश्विन १५, २०७७ बिहीबार


के हो मलमास ? एक महिना पर सर्‍याे दशैंतिहार

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत मनाइसकिएको छ । अब महिलाहरुको चाड हरितालिका तिज नजिकिँदै छ ।

तिज नजिकै आए पनि यस वर्ष दशैं र तिहार भने विगतमा भन्दा एक महिना ढिलो हुने भएको छ । दशैं र तिहार मलमासको कारण पर धकेलिएको हो । प्रायजसो दशैं असोज र तिहार कात्तिकमा हुने गर्छ । तर २०७७ सालमा असोजमा मलमास परेकाले दशैँ र तिहार पर धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले बताउनुभयो । २०७७ सालमा दशैं कात्तिकबाट मात्र हुनेछ । कात्तिक १ गते घटस्थापना परेको छ । फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको छ ।

मलमासको कारण तिहार पनि धकेलिएको छ । तिहार कात्तिकको अन्तिम सातादेखि मात्र शुरु हुनेछ । तिहार कात्तिक २८ गतेदेखि हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मंसिर १ गते परेको परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।