Logo आश्विन १५, २०७७ बिहीबार


काठमाडौं छिर्ने नाकामै परीक्षण, ४० जनामा कोरोना भेटियो

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकामा विशेष सुरक्षा अपनाएको छ ।

काठमाडौं उपत्यका छिर्ने विभिन्न नाकामा कोरोना भाइरस संक्रमण परीक्षण गर्न थालिको छ । उपत्यका भित्रिने साँगा, नागढुंगा र फर्पिङ नाकामा कोरोना परीक्षणलाई प्राथमिकता दिइएको हो । ती ठाउँमा १० हजार ८ सय ५३ नमूना संकलन गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले परीक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । प्रवक्ता गौतमका अनुसार नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।