Logo आश्विन १४, २०७७ बुधबार


खनाल–नेम्वाङलाई साक्षी राखेर ओली–दाहाल छलफल हुँदै


फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न विवाद समाधानको लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच मंगलबार पनि छलफल भएको छ । अध्यक्षद्वय ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरु भएको हो ।

अध्यक्षद्वय ओली र दाहालबीच अहिले छलफल भइरहेको प्रचारविभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलका नेता तथा विभिन्न क्षेत्रका विद्हरुसँगको परामर्शपछि पार्टी विवादबारे छलफललाई निरन्तरता दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र विभिन्न क्षेत्रका विद्हरुसँग कोरोना भाइरस संक्रमणको अवस्था र नियन्त्रणबारे आजै परामर्श गर्नुभएको थियो । त्यसपछि पार्टीभित्र उत्पन्न विवाद समाधानको लागि पुन छलफल थाल्नु भएको हो ।

प्रचारविभाग उपप्रमुख थापाका अनुसार छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…