बाँकेमा निषेधाज्ञा चार दिन थपियो

बाँके । जिल्लामा जारी निषेधाज्ञा चार दिन थप गरिएको छ । कोरोना भाइरस संक्रमणका बिरामी थपिँदै जान थालेपछि निषेधाज्ञा अवधि बढाइएको हो ।
कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आजको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ ।