Logo आश्विन ९, २०७७ शुक्रबार


इटहरीमा लकडाउन, औषधि पसल बाहेक सबै सेवा ठप्प

इटहरी । इटहरी उपमहानगरपालिकाले बुधबारदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

केही दिनयता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै परीक्षणको दायरालाई तीब्रता दिइएको थियो । १५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरिएको र तीमध्ये मंगलबार मात्रै ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले जानकारी दिनुभयाे ।

‘मंगलबार पनि थप एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ,’ मेयर चौधरीले भन्नुभयाे, ‘२५ गतेसम्मका लागि सबै बजार क्षेत्र लकडाउन गर्ने निर्णय भएको हो ।’ इटहरीका बुद्धिजीवि, सरोकारवाला निकाय, प्रहरी प्रशासन लगायत बसेको बैठकले यस्ताे निर्णय गरेको हो । अहिलेसम्म  इटहरी नगर क्षेत्र ५ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ ।

बुधबारबाट दूध र औषधिका बाहेक सबै पसल व्यावसाय, तथा कार्यालय समेत बन्द हुनेगरी लकडाउन गर्ने निर्णय भएको छ । उद्योग कलकारखाना बाहेक सबै क्षेत्र बन्द हुने बताइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…