Logo आश्विन १४, २०७७ बुधबार


जङ्गली जनावरले बालीनाली तथा तरकारी नष्ट, किसान चिन्तित

फाइल : तस्वीर

बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका प्रेमसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ ।”
सुर्नया गाउँपालिकाका पनि विभिन्न क्षेत्रमा लगाएको मकैबाली जङ्गली जनावरले खान थालेको छ । गाउँपालिका–७ को मालमपुर, सिजालगायतका क्षेत्रमा बँदेलले हैरान बनाएको स्थानीय दीपेन्द्र कुँवरले बताउनुभयो । फौजी किरा र फेदकटुवा किराले अन्नबाली नष्ट गरेको तथा बँदेल जङ्गली जनावरले समेत अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् । विभिन्न रोग किराबाट बचाएर पसाउन लागेको मकैबाली जङ्गली जनावरले नष्ट पार्ने गरेको स्थानीय गजबहादुर गोयलाले बताउनुभयो ।

कैबाली जोगाउन धौधौ

बैतडीका किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि जङ्गली बँदेल, दुम्सीलगायतका जनावरले मकैबाली सखाप पारेको किसान बताउँछन् । जिल्लाको सबैजसो स्थानीय तहमा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको किसानले बताएका छन् । जङ्गली बँदेलले खेतमा लगाएको मकैबाली पूरै नष्ट गरेको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताउनुभयो ।

मकैबाली जोगाउन रातभर पहरा दिए पनि जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको सुर्नया–६ का केशवदत्त अवस्थीले बताउनुभयो । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानले बर्सेनि बालीनालीमा क्षति व्यहोर्दासमेत सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् । स्थानीय सरकारले किसानका समस्या समाधान गर्न नसकेको किसान टेरले बताउनुभयो । बैतडीमा १४ हजार ५०० हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…