Logo माघ १२, २०७७ सोमबार


किसानलाई बाँदर धपाउने यन्त्र वितरण

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । बाँदरले वर्षौँदेखि बालीनाली नष्ट गरिरहेका किसानको सजिलोका लागि बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ५ मा २५ यन्त्र वितरण गरिएका छन् । प्रत्येक टोलका किसानलाई पायक पर्ने गरेर यन्त्र वितरण गरिएको हो ।

नगरपालिकाले स्याङ्जाको जयलक्ष्मी आँधीखोला कन्स्ट्रक्शन प्रालिबाट १०० थान बाँदर धपाउने यन्त्र खरिद गरेको हो । नगरपालिकाका बाँदर प्रभावित अन्य वडाका किसानलाई यन्त्र वितरण गरिने उपप्रमुख चन्दले जानकारी दिनुभयो । बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेशिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ । यन्त्र वितरण गरिएका किसानलाई यन्त्र चलाउन पनि सिकाइएको छ । नगरपालिकाले बाँदर नियन्त्रण गर्ने योजनाअन्तर्गत रु तीन लाखको लागतमा यन्त्र किनेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।