Logo आश्विन १५, २०७७ बिहीबार


विकल्प आर्टद्वारा दुई महिने चित्रकला प्रदर्शन

अम्बिका खड्का
काठमाडौं  । भन्नेले नबोलेरै र सुन्नेले नसुनेरै दृष्यको माध्यमबाट कुनै पनि कुरा बुझाउन खोज्ने र बुझ्ने कला नै चित्रकला हो ।  विश्वभर फैलिरहेको कोरोना महामारीबाट सम्पूर्ण व्यापारव्यवसाय, उद्योगधन्दा ठप्प भएको समयमा चित्रकला पनि यसको अपवाद बन्न सकेको छैन । यही कोरोनाको महामारीबाट परेको प्रभावलाई मध्यनजर गर्दै ‘विकल्प आर्ट सेन्टर’ले  पुलचाेक ललितपुरमा ‘अर्पोटल टु नेपाली कन्टेम्पोरी आर्ट आफ्टर कोभिड १९’ नामको चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । साउन १६ गते शुक्रबारदेखि शुरु भएको प्रदर्शन दुई महिना अर्थात् आउँदो असाेज १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपाली तथा प्रवासी नेपाली गरी करिब ४५ जनाको चित्र प्रदर्शनमा  राखिएका छन्। कोरोनाका कारण सबै क्षेत्र प्रभावित  भइरहेकाे बेला नेपाली चित्रकलालाई विश्वबजारमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले  प्रदर्शन गरिएकाे आयोजकको भनाइ छ ।  प्रदर्शनीमा  समाजको विभिन्न पक्ष र मानिसको जीवनशैली  सम्बन्धित चित्र  राखिएका छन् ।  नेपाली जीवनशैलीलाई विश्वमा परिचित गराउन पनि यस्ता प्रदर्शनको आवश्यकता भएको विकल्प आर्ट सेन्टरका निर्देशक तथा प्रदर्शन क्यूरेटर सरोज महतोको ठम्याइ छ । उहाँले कोरोनाका कारण पनि चित्रकलाको बजार ठप्प नहोस भन्ने उद्देश्यले पनि प्रदर्शन गरिएको जानकारी दिनुभयो ।

अनलाइनका माध्यमबाट धेरै प्रदर्शनीको आयोजना भएपनि कोरोना महामारीकाबीचमा अर्थात् लकडाउनपछि नेपालमा अनलाइनका साथै भौतिक रुपमा गरिएको प्रदर्शन यो नै पहिलो भएको प्रदर्शनकी आयोजक महिमा सिंहले दाबी गर्नुभयो । त्यसलाई मानिसहरुले अनलाइनका माध्यमबाट पनि अवलोकन र खरिद गर्न सक्ने आयोजकले जनाएको छ । अनलाइनमा अवलोकन र खरिदका लागि bikalpastore.com लगइन गरेर हेर्न सकिने छ ।

कोरोना र लकडाउनको चपेटामा परेको चित्रकला व्यवसायलाई मर्न नदिने प्रदर्शनीकाे उदेश्य रहेकाे चित्रकारहरुकाे भनाइ छ । आफ्नो व्यक्तिगत अनुभव र समाजको यथार्थतालाई प्रतिनिधित्व दिने कला चित्रमा समेटिने चित्रकारहरु बताउँछन् । चित्रकार प्रमिला बज्राचार्य भन्नुहुन्छ, ‘हामीले आफ्नो अनुभवका साथै समाजका प्रतिनिधिमूलक विषयवस्तुलाई चित्रमा उतार्ने कोशिस गर्छौँ । कोरोनापछि चित्रकलाको क्षेत्रमा के होला ? भन्ने अन्योल थियो तर यो प्रदर्शनीमा आफ्नो पनि कला समावेश गर्न पाउँदा यस्तो विषम परिस्थितिमा पनि आफ्नो कला विश्वबजारसम्म पुग्ने भएपछि सन्तुष्ट भएकी छु ।’

कोरोनाका बीचमा सरकारले तोकेको मापदण्ड पूरा गरेर नै प्रदर्शन सञ्चालन गरिएको  छ ।  मानिसको उपस्थितिलाई कम गर्न र टाढाकालाई अवलोकनमा सहज बनाउन नै आफूहरुले अनलाइन प्रदर्शन गरेको आयोजकले जनाएको छ । आयोजक टिमकी महिमा सिंह भन्नुहुन्छ, ‘हामीले कोरोनाको महामारीलाई पूर्णरुपमा ध्यान दिएका छौँ । उद्घाटनका समयमा पनि सिमित मानिसको उपस्थितिमा कार्यक्रम गरेका थियौँ भने भौतिक उपस्थितिलाई कम गर्नकै लागि पनि अनलाइन अवलोकनको व्यवस्था गरेका हौँ । हामीले सरकारी मापदण्ड पूर्णरुपमा पालना गरेका छौँ ।’

सात वर्षदेखि चित्रकलाको क्षेत्रमा काम गर्दै आएको विकल्प आर्टमा जम्मा ७ जनाको समूह छ । यस समूहले चित्रकलाको क्षेत्रमा विभिन्न समयमा विभिन्न काम गर्दै आएको छ । स्वयमसेवक तथा सिकारु मानिसका लागि पनि अवसर प्रदान गर्ने विकल्प आर्टले गाउँगाउँ पुगेर समाजको यथार्थ चित्रमा उतार्ने कोशिस गर्ने गरेको विकल्प आर्ट परिवारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

काठमाडौं । जनवादी गणतन्त्र चीनमा आज (बिहीवार) राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने…