Logo आश्विन १४, २०७७ बुधबार


नेकपाले मलाई भित्र्याउने औकात राखेन (भिडियाेसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने काम भए मुलुकमा संविधान नै नरहने चेतावनी दिनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम जन सम्बादमा पत्रकार दीपक पाण्डेसँग कुरा गर्दै मन्त्री त्रिपाठीले भन्नुभयो, ‘यो सरकार ढल्दा नेकपा दुई फ्याक मात्र होइन धुजा धुजा हुन्छ, त्यसबेला संविधान पनि रहँदैन ।’

जनताले अरु विकल्प नभएर नेकपालाई गत निर्वाचनमा मत दिएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले अहिले नेकपाले जनताको त्यो मतलाई सम्मान गर्न नसकेको बताउनुभयो । पूर्व एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा नेकपा बनेको कुरालाई बिर्सन नहुने त्रिपाठीको भनाइ छ । महाधिवेशन नभएसम्म एसबाट ‘दायाँवायाँ’ गर्न मिल्दैन । तर पूर्व एमाले भित्रका गुटको लडाइँका कारण नेकपा मात्र होइन मुलुककै भविष्यलाई दाउमा राख्ने काम भइरहेको छ ।

नेकपाको सूर्य चिन्हबाट निर्वाचित हुनुभएका मन्त्री त्रिपाठीले प्रधानमन्त्री परिवर्तन गर्न संसदीय दलमा निर्वाचन भए आफ्नो पक्षले कसैतर्फ पनि मतदान नगर्ने जनाउ दिनुभयो । उहाँले भन्नुभयाे, ‘त्यसबेला संविधान नै जोखिममा पर्छ, मुलुक जोखिममा पर्ने कुराको हामी साक्षी बस्दैनौं ।’

तपाइँकाे विचार समूह स्वयं नेकपा हुने संभावना चाहिँ कति छ नि ? भन्ने प्रश्नमा त्रिपाठीले भन्नुभयो, ‘पार्टीमा चलेको पछिल्लो झगडाले त्यो संभावना बन्द भए जस्तो छ, किनभने त्रिपाठीलाई भित्र्याउने औकात यो पार्टीले राखेन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…