काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ८१ जनामा कोरोना भाइरस संक्रमण दखिएको छ । देशका विभिन्न प्रयोगशालमा ६ हजार तीन सय ५९ जनामा गरिएको परीक्षणमा बुधबार तीन सय ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा हाल ६ हजार एक सय ७४ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ । प्रवक्ता डा.गौतमका अनुसार प्रदेश नम्बर १ मा ३ सय १२, प्रदेश नम्बर २ मा २ हजार ६ सय २२ र बागमती प्रदेशमा ७ सय ८५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश नम्बर ५ मा ३ सय ४०, कर्णाली प्रदेशमा २ सय ९२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना उपचाररत रहेका छन् ।
प्रवक्ता डा.गौतमका अनुसार २४ घन्टामा १३० जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार एक सय ५६ जना पुगेका छन् । प्रदेश नम्बर १ मा ९ सय १६, प्रदेश नम्बर २ मा ३ हजार २ सय १२, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८८, कर्णाली प्रदेशमा १, हजार ७ सय ४४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।
बुधबार देशभरका क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२, प्रदेश नम्बर २ मा १ हजार २ सय ११, बागमती प्रदेशमा ७ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कर्णाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजा ८ सय ४४ जना रहेका छन् ।
आजसम्म पीसीआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको कोरोना परीक्षण भएको छ । नेपालमा काेराेना संक्रमणबाट हालसम्म ६० जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।