Logo आश्विन ९, २०७७ शुक्रबार


जसपाकाे केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक शुरू

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा)कोे केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक बुधबार देखि शुरु भएको हो । ललितपुरको च्यासल स्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बैठक शुरु भएको हो ।

बैठकको पहिलो दिन नेताहरुबीच परिचय आदानप्रदान भएको केन्द्रीय सदस्य मनिष सुमनले बताउनुभयो । उहाँले पार्टीको राजनीतिक प्रतिवेदन, अनुशासन आचारसंहिता, पार्टीको समायोजन कार्यनिर्देशिका, र समसामयिक राजनीतिक परिस्थिति लगायतका विषय बैठकको एजेण्डा रहेको बताउनुभयो ।

बैठकमा दुई पार्टीको एकता पछिको संगठन समायोजन र पदाधिकारीको कार्यविभाजनका सम्बन्धमा पनि छलफल हुने छ ।

त्यस्तै पार्टी एकीकरण पछि विधि विधान अनुसार संघीय संसदीय दलमा संयुक्त नेता चयन हुने र प्रदेश संसदमा पनि दलका नेता चयन हुने भएकाले प्रदेश सरकारमा पर्ने असरको सम्बन्धमा पनि छलफल हुने सुमनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…