Logo आश्विन ९, २०७७ शुक्रबार


ट्राफिक प्रहरीद्वारा रात्रिकालीन सवारी जाँच शुरू

चितवन । चितवन प्रहरीले जिल्लामा हुने सवारी साधन दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ । रात्रिकालीन जाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्तरूपमा सडक सुरक्षा जाँच कार्ययोजना कडाइका साथ लागू गर्दै रात्रिकालीन सवारी जाँचलाई तीव्र पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

रातको समयमा भएको दुर्घटनामा मानवीय क्षति बढी भएको पाइएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा जांँचमा कडाइ गरिएको भट्टले बताउनुभयो । मुलुककै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाइअलर्ट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाको न्यूनीकरण गर्न योजनाबद्ध तरिकाले सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना ल्याइएको हो ।

जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा रातिको समयमा हुनसक्ने सम्भावित् सवारी दुर्घटनालाई मध्यनजर गर्दै चितवन ट्राफिकले चालक सचेतना अभियान समेत शुरु गरेको छ । नारायणगढ–मुग्लिन सडक र नारायणगढ–लोथर सडकमा रातिको ७ देखि १२ बजेसम्मको समयमा आलोपालो गर्दै लोथर, खैरहनी, टाँडी, गोन्द्राङ, आँपटारी र मुग्लिन गरी आठ स्थानमा जाँच गरिने भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा भएका दुर्घटनामा मानवीय क्षति बढी भएको र चालकको लापरवाही, तीव्र गति, चालकले मादक पदार्थ सेवन गरी चलाउने, एउटै चालकले लामो दूरीको सवारी चलाउने लगायतका कारण दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’