Logo मंसिर १४, २०७७ आइतबार


भारतकाे अयोध्यामा राम मन्दिर निर्माणको लागि भूमि पूजा

काठमाडाैं । भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि भूमि पूजा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा हिन्दू मन्दिर निर्माणका लागि भूमि पूजाका साथै शिलान्यास गर्नुभएको हो ।

भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दूहरुको भिडले मध्ययुगीन बाबरी मस्जिद भत्काएको थियो । सोही मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो । दशकौँसम्म उक्त ठाउँ स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनबीच विवाद रहे पनि गएको वर्ष भारतको सर्वोच्च अदालतले त्यो ठाउँ हिन्दूहरूको हुने निर्णय गरेको थियो ।

त्यस ठाउँमा सन् १५२८ मा मुगल सम्राट बाबरको आदेशमा बनेको मानिने बाबरी मस्जिद थियो । सन् १९९२ मा हिन्दूहरूको भिडले मस्जिद भत्काइदिएको थियो । त्यसपछि भएको साम्प्रदायिक हिंसामा भारतभर कम्तीमा दुई हजार मानिसको मृत्यु भएको थियो ।

गत वर्ष सर्वोच्चको फैसलापछि भारतले त्यहाँ राम मन्दिर निर्माणको नक्सा बनाउन थालेका थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…