Logo आश्विन ९, २०७७ शुक्रबार


राखेप सदस्य सचिवकाे सम्पति विवरण दर्ता

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालको सम्पति विवरण दर्ता भएको छ ।साउन १२ गते मन्त्रिपरिषद्को बैठकले सिलवाललाई राखेपको १९औं सदस्य सचिवको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सिलवालले १४ गते पद तथा गोपनियताको शपथ लिएका थिए भने सोही दिन पदभार ग्रहण गरेका थिए । सिलवालले साउन २१ गते बुधबार राखेपको दर्ता शाखामा आफ्नो सम्पति विवरण खामबन्दीसहित दर्ता गराएका हुन् । सरकारको नियम अनुरुप कुनै पनि सरकारी निकायको ओहोदामा कार्यरत व्यक्तिहरुले आफ्नो सम्पति विवरण खुलाउनुपर्ने नियम रहेको छ । सोही अनुरुप राखेपले भदौको २८ गतेभित्र आफू अन्तर्गतको सबै ७७ जिल्लाका ९ सय ५० जना कर्मचारीहरुको सम्पति विवरण संकलनको कार्यको थालनी गरेको छ ।

राखेपले भदौको पहिलो साता संकलित सबै विवरणहरुको सूची युवा तथा खेलकुद मन्त्रालयमा बुझाईसक्नेछ । यससँगै परिषदले संकलित सबै कर्मचारीको सम्पति विवरण शतर्कता केन्द्रकाे वेबसाईटमा समेत राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’